१३ बैशाख २०८१, बिहीबार

दुल्लु नगरपालिकाद्धारा डा. पुजा विसी र रिजाल पुरस्कृत

dullu puja bc

दैलेख जिल्लाको दुल्लू नगरपालिकाले दुल्लु नगर भित्र कार्यरत दुई जनालाई पुरस्कृत गरेको छ । दुल्लु नगरपालिकाको आयोजनामा भएको १७ औं निजामती सेवा दिवसमा “स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन” भन्ने नाराका साथ सम्पन्न गर्दै उक्त सु-अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

dullu dhurba rijal

दुल्लु अस्पतालमा कार्यरत डा. पुजा बिसी र दुल्लु नगरपालिकामा कार्यरत खरिदार धुर्ब रिजाललाई जनही १५ हजार नगद पुरस्कार सहित प्रसंशा पत्र प्रदान गरिएको दुल्लु नगरपालिकाले जनाएको छ । सोमबार उनीहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख घनश्याम भण्डारीले करार श्रेणीबिहिन देखि उपसचिव सम्मका सबैलाई समान सेवा दिइएको र सेवामा कुनै प्रकारको विभेद नहुनेका साथै नागरिकलाई मुस्कान सहितको सार्बजनिक सेवा र बस्तु प्रदान गर्न अनुरोध गरेको बताए ।

नगर प्रमुख भण्डारीले सेवाप्रबेश गरेका सबैको सेवाको सुरक्षा दुल्लु नगरपालिकाले गर्ने र अधिकार संगै कर्तब्यमा ध्यान दिन सबैलाइ आग्रह गर्दै राम्रो काम गर्ने जो कोहिलाई पुरस्कृत गरिने धारण ब्यक्त गरे । कार्यक्रम ज्ञानमणी नेपालको अध्यक्षताका साथै उप-प्रमुख बिष्णु थापाको आतित्यथामा सम्पन्न भएको हो।