१४ बैशाख २०८१, शुक्रबार

दुल्लू नगरपालिकाका १३ वटै वडामा कृषक समन्वय समिति

dailekh krishi

दैलेखको दुल्लू नगरपालिका कृषि तथा पशुपंक्षी विकास शाखाले नगरका १३ वटै वडाहरुमा वडा स्तरीय कृषि तथा पशुपंक्षी कृषक समन्वय समिति गठन गरेको छ । शाखाले आर्थिक बर्ष २०७७-०७८ मा प्रत्येक वडाहरुमा १३/१३ वटा वडा स्तरीय कृषि तथा पशुपंक्षी समन्वय समिति गठन गरेको हो ।

नगरपालिका भित्रका १३ वटै वडाहरुमा गठित समितिले अब दुल्लु नगरपालिका कृषि तथा पशुपंक्षी शाखाले दिने सेवा सुविधालाई प्रत्यक्ष कृषकहरुका बिचमा राख्ने छन् । कृषकलाई हुने समस्यालार्ई मध्यनजर गर्दै कस्ता कृषकलाई कस्ता खालका समस्या आउँछन् त्यसको निगरानी राख्दै कृषि शाखालाई त्यसको रिपोटिङ्ग गर्नेछन् ।

कृषकका समस्यालाई पहिचान गरी यस्ता समस्याको सामाधान गर्न हरेक कृषकलाई सघाउँ पुर्‍याउने उद्देश्यले दुल्लुका १ देखि १३ वटै वडामा समिति गठन गरिएको र एउटा समितिमा वडामा १३ जनालाई समेटिएको शाखाले जनाएको छ ।

वडा स्तरका समितिले किसानका तथ्याङ्क संकलन गर्ने, कृषि विकास तथा पशुपंक्षी शाखाबाट संचालित कार्यक्रको सुचना प्रवाह गर्ने, कृषक र कृषि शाखासंग समन्वयको भुमिका निर्वाह गर्नेछ । गाउँमा छरीएर रहेका कृषकका समस्या, गुनासो तथा उनिहरुका अधिकारसंग प्रत्यक्ष निगरानी कृषि तथा पशुपंक्षी शाखाबाट मात्र नसकिने भएकाले वडा स्तरमै वडा समिति गठन गरिएको कृषि विकास शाखाका प्राविधिक राजन कुमार विष्ट जानकारी दिए ।

उनका अनुसार किसानका समस्या वडा स्तरबाट आइसकेपछि नगरपालिकामा समाधान गर्ने, यदि नगरपालिकामा सामधान हुन नसके कृषि विकास कार्यालय दैलेखमा पठाइने छ ।