७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन

Dormani poudel

एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस वाग्मती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम, हेटौँडा बजारको सरसफाइ, माध्यामिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, सडक दौड तथा खेलकूद र विभिन्न विद्युतीय सञ्चारमाध्यममा परिसंवाद कार्यक्रमको आयोजना गरिने छ ।

मूल समारोह समितिको कार्यक्रमअनुसार फागुन ७ गते बिहान ७.३० बजे स्थानीय भुटनदेवी माविको प्राङ्गणबाट निस्कने झाँकीसहितको ¥यालीले हेटौँडा नगरको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा आइपुगेपछि समारोहमा परिणत हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले उल्लेख गर्नुभयो । समारोह समितिलाई सहयोग पु¥याउन विभिन्न चार उपसमिति पनि गठन गरिएको छ ।