११ बैशाख २०८१, मंगलवार

कृषकलाई आलुको बिउ बितरण

dailekh potato seed distribution

दैलेखको दुल्लू नगरपालिका वडा नं ११ ले कृषकलाई आलुको बिउ बितरण गरेको छ ।

सोमबार आफ्नो वडा भित्रका ४३ जना कृषकलाई २६ क्विन्टल आलुको बिउ बितरण गरेको हो । दुल्लू नगरपालिकालाई आलु पकेट क्षेत्र बनाउने उद्देश्ले दुल्लु नगरपालिका ११ कालभैरवका कृषकलाई ‘काडिनल’ आलुको बिउ बितरण गरिएको वडा अध्यक्ष खगेन्द्र बहादुर थापाले नेपाल घटनालाई जानकारी दिए ।

कृषि क्षेत्रलाइ प्राथमिकता दिएको दुल्लू नगरपालिकाले दुल्लूका १३ वटै वडाहरुमा कृषि बिशेष कार्यक्रम लागु गरेको छ । जस अनुसार विभिन्न वडाहरुमा कृषि उत्पादन बढ्दै गएको र कृषकलाई आत्मनिर्भर बनाउन सके वडा तथा नगरपालिका नै समृद्ध हुने भएकाले कृषिलाई प्राथमिकता दिएको दुल्लु नगरपालिका कृषि शाखाका प्राविधिक राजन कुमार विष्टले बताए ।

दुल्लु नगरपालिकाको समन्वयमा वडाकार्यालयको ६० प्रतिशत बजेट र कृषकको ४० प्रतिशत गरी दुई लाख ५५ हजार रकम बराबरको आलुको बिउ वितरण गरिएको छ ।