२३ बैशाख २०८१, आईतवार

गोरुको मासुसहित नुवाकोटबाट एकजना पक्राउ

arrested

नुवाकोट – गोरुको मासुसहित नुवाकोटको बेलकोटगढी-६ बाट एकजना पक्राउ परेका छन । काटेको गोरुको मासुसहित बेलकोटगढी नगरपालिका वडा नम्बर ६ तल्लो अर्चलेबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका वडा नं ६ तल्लो अर्चलेका २० वर्षिय बुद्दिमान तामाङ रहेका छन् । गोरुको मासुसहित प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई पशुपक्षी सम्बन्धि कसूर अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालत नुवाकोटबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिए ।

तामाङले मंगलबार विहान आफ्नै घरमा पालेको गोरुलाई कुटपिट गरि मारेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।