२२ बैशाख २०८२, सोमबार

अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र छोराको हत्या

download 7

अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उहाँका छोराको हत्या भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार चालक मोहम्मद अफ्जाल र पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।

राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा हत्या भएको अधिकारीहरुले जनाएका छन् ।

देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् ।

घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् ।

लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।