८ बैशाख २०८१, शनिबार

भूमि आयोगका अध्यक्ष र सदस्यद्वारा पदभार ग्रहण

bhumi aayoga

भूमिसम्बन्धी समस्या समाधान आयोग कैलालीका अध्यक्ष र सदस्यले आज पदभार ग्रहण गर्नुभएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रमबीच आयोगका अध्यक्ष दीपक देवकोटा र सदस्य दुर्जराज चौधरीले पदभार गर्नुभएको हो ।

कार्यक्रममा अर्का सदस्य भने अनुपस्थित हुनुहुन्थ्यो । पदभार ग्रहण कार्यक्रमका क्रममा अध्यक्ष देवकोटाले लामो समयदेखि जटिल समस्याका रुपमा रहेको उक्त समस्या समाधानका लागि आफूहरूले पहल गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष देवकोटाले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास नागरिकलाई व्यवस्थित गर्ने उद्देश्यका आयोग गठन गरिएको आयोगले भूमिसम्बन्धी सबै समस्याको समाधान गर्ने बताउनुभयो । “आयोगको अधिकार क्षेत्रभित्र रहेर काम गर्नेछाँै”, उहाँले भन्नुभयो, “काम गर्ने समयमा कुनै समस्या आएन भने कैलालीमा पहिलो चरणमा असारसम्म लालपुर्जा वितरण गर्ने लक्ष्य छ ।”

पदभार ग्रहण कार्यक्रममा आयोगका प्रदेश सदस्य अगस्त अधिकारी, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, जिल्ला समन्वयका अधिकारी, नापी र मालपोतका कार्यालयका प्रमुखलगायतकोे सहभागिता थियो ।

bhumi news