१३ बैशाख २०८१, बिहीबार

ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु

Brazil Covid Incarnation
फाइल फोटो

दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार यहाँ कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८७ लाख १० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् भने ८ लाख ६१ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।त्यस्तै ब्राजिलमा अहिले हजरौँ नागरिकलाई आइसीयुमा राखेर उपचार गरिएको पनि त्यस समाचारमा जनाइएको छ । यहाँ यो भाइरसको दोस्रो वेभ आएको छ र त्यसपछि यहाँ यो सङ्क्रमणबाट बढी क्षति भएको छ ।

ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो संख्यामा मानिसको निधन भएको छ । अमेरिकामा अहिलेसम्ममा चार लाख ९६ हजार भन्दा बढीको निधन भएको छ ।