१४ बैशाख २०८१, शुक्रबार

रोमान्टिक मुडमा देखिए सौगात र सृष्टि

sougat and shreethi

फिल्म ‘मासु भात, पोइ प¥यो काले, माइकल अधिकारी, तीन जन्तु’ लगायतमा एकसाथ अभिनय गरेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ फेरि एकसाथ अर्को फिल्ममा अभिनय गर्ने भएका छन् । उनीहरु ‘दि सेक्रेटस अफ राधा’ फिल्ममा अभिनय गरिरहेका छन् । तीन वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेको सौगात र सृष्टिको यो जोडी पर्दामा पनिसँगसँगै देखिएका छन् ।

सौगातलाई फिल्ममा लिन चाहानेहरुले सृष्टिलाई पनि सँगै खेलाउनु पर्ने कुरा बाहिरिदै आएको छ। सौगातले आफूलाई खेलाउने फिल्ममा सृष्टिलाई अभिनेत्रीको रुपमा काम गराउन सिफारिस गर्ने गरेको चर्चा चल्दै आइरहेको छ । तर ,अभिनेता सौगातले अन्तरबार्ताक्रममा यो हल्लामा कुनै सत्यता नभएको दाबी गर्दै आएका छन् ।

एकपछि अर्को फिल्ममा यो जोडीलाई देख्दा भने केहि कुरा भने पक्कै छ। सौगात र सृष्टि नयाँ फिल्म ‘दि सेक्रेट्स अफ राधा’ मा अनुबन्धित भइसकेका छन् । सौगात आफैले लगानी गर्ने यस फिल्ममा अभिनेता र अभिनेत्री सौगात र सृष्टि नै रहेका छन् । फिल्मको छायांकन बिहीवारबाट पालुङमा छायांकन सुरु भइसकेको छ। फिल्ममा सौगात र सृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यस फिल्ममा अभिनेता दयाहाङ राई र निर्देशक तथा अभिनेता निश्चल बस्नेत पनि फिल्ममा विशेष भूमिकामा देख्न पाइने निर्माण पक्षले जानकारी दिएको छ। पालुङमा १५ दिनको छायांकन गर्ने सेड्युल रहेको छ भने बाँकी छायांकनका लागि काठमाडौं गरिने निर्माण पक्षको तयारी छ । सामाजिक विषयवस्तुमा आधारित यस फिल्मको निर्देशन सुवर्ण थापाले गरिरहेका छन् । फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् भने फिल्मका गीतमा काली प्रसाद बाँस्कोटाले संगीत भरेका छन् ।

92

मेराेफिल्म