८ बैशाख २०८१, शनिबार

अफगानिस्तानमा नेटो सैन्य उपस्थितिलाई जारी राख्नुपर्ने : जर्मन विदेशमन्त्री

HeikoMaas ChipSomodevilla Main

जर्मनीले अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सैन्य उपस्थिति बढाउन चाहेको जर्मनीका विदेशमन्त्री हेइको मासले बताउनुभएको छ । जर्मनीले अफगानिस्तानमा संयुक्त राज्य अमेरिकापछि धेरै सैनिक पठाएको छ ।

जर्मनीको अफगानिस्तानमा सेना पठाउनका लागि मिलेको वार्षिक जनादेश समाप्त हुनुभन्दा पहिले अफगान सरकार र तालिबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेको जर्मनीको भनाइ छ । शान्तिवार्ता ‘मार्चको अन्त्यअघि टुङ्गिने सम्भावना कम छ र त्यसवेलासम्मका लागि पूर्व निर्णयलाई परिवर्तन गर्नु नहुने जर्मनीले अडान रहेको उहाँले फन के मिडिया समूहलाई बताउनुभयो ।

“हामीले जर्मनीको संसदको तल्लो सदनमा बुन्डेस्ट्यागको साथ नयाँ जनादेशसहित विभिन्न परिदृश्यहरूको तयारी गर्नुपर्नेछ ।”

संयुक्त राज्य र तालिबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । राष्ट्रपति जो बिडेनले समयसीमा आउँदासम्म पनि गम्भीर दुविधामा रहेको र तालिवानले हिंसा अन्त्य गर्ने कुनै सङ््केत नदेखाएको एक उच्च अमेरिकी अधिकारीले शुक्रबार बताउनुभएको छ ।

ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालिवान समूहसँग सहमत देखिएपनि नयाँ अमेरिकी राष्ट्रपतिले गत वर्ष तालिवानहरूसँगको वाशिंगटनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिनुभएको छ । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमानहरू गर्न थालिएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का रक्षामन्त्रीहरूको यस महिनाको अन्तमा बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

जर्मनीको संसदका धेरै समूहहरू, विशेष गरी उदारवादी र कट्टर वामपन्थी समूहले अफगानिस्तानबाट २० बर्षसम्म सैनिक उपस्थितपछि नयाँ भएपछि रणनीति बनाउन हालसालै आह्वान गरेका छन् ।