१२ बैशाख २०८१, बुधबार

मुद्दा दायर

ciaa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतमा नापी निरीक्षकद्वय सुमित चौलागाई र मनोज थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी सर्वेक्षकद्वयले सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोप लागेको छ । आरोपीद्वयलाई बिगो अनुसारको कारवाहीको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।