७ बैशाख २०८१, शुक्रबार

दुई छोरीले निभाए जन्मदाताप्रतिको कर्तव्य

Screenshot 4 32
फाइल फोटो

छोरा पाउँदा मख्ख पर्ने हाम्रो समाजको रीतिस्थिति र परम्परालाई यहाँका दुई छोरीले चुनौती दिएका छन् ।

छोरा नभए पनि आमाप्रति जीवित हुँदा र मृत्यु भएपछि छोराले गर्नुपर्ने सबै व्यवहार देखाएर उनीहरु समाजका लागि अनुकरणीय बनेका हुन् । पोखरा महानगरापलिका–१७ पाण्डवटोलस्थित उनीहरुले आमा तिलकुमारी ढकालकोे जीवित हुँदा स्याहारसुसार त गरे नै मृत्युपश्चात् अन्तिम संस्कार पनि गरेका छन् । जन्मदिने आमाप्रति छोरी अप्सरा ढकाल र तुलसी ढुङ्गानाले यो कर्तव्य निभाएका हुन् ।

विसं २०६१ फागुन ७ गते दुर्घटनामा परी एउटा खुट्टा गुमाउनुभएकी आमा ढकालको जीवित भएसम्म उपचारदेखि पालनपोषण गरेर सन्तानले आमाप्रति गर्नुपर्ने दायित्व पूरा गरेका छोरीहरुले मृत्यपछि गरिने संस्कार पूरा गरेका हुन् ।

उमेरले ४२ वर्षीय अविवाहित कान्छी छोरी अप्सराले सेतो पहिरनमा रही नियमित काजकिरिया गरिरहनुभएको छ । विवाह भएर पनि आमासँगै रहँदै आउनुभएकी जेठी छोरी तुलसी किरियामा बस्नुभएको छ ।

“छोरा वा छोरी दुवै बराबरी हुन् छोरा नभएर के भयो त मैले छोराले गर्ने सबै काजकिरियाको संस्कार गरेकी छु”, उहाँले भन्नुभयो, “छोरा नै हुनु पर्छ भन्ने हाम्रो समाजको नकारात्मक सोच परिवर्तन गर्नु आवश्यक छ ।”

उहाँहरुले शारीरिकरुपमा अपाङ्ग आमाको जीवित अवस्थामा स्याहारसुसारलगायत सबै कुरा गरेको र मृत्युपश्चात् काजकिरिया पनि संस्कारअनुसार नै गरेको छिमेकी बताउँछन् । आमाको ७८ वर्षको उमेरमा यही माघ २० गते आप्mनै निवासमा निधन भएको हो ।

    सम्बन्धित समाचार...