१५ चैत्र २०८०, बिहीबार

राज्यविरुद्ध कसुरको आरोपमा पक्राउ परेकी रामकुमारी झाँक्री रिहा

hjj

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई छाडेको छ। निवासबाटै गिरफ्तार गरिएकी झाँक्रीलाई प्रहरीले केहीबेर अगाडि हिरासतमुक्त गरेको हो।

हिरासतमुक्त भएपछि नेतृ झाँक्रीले आफ्ना अभिव्यक्तिमा कुनै पनि पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन्। उनले आफू अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने समेत उल्लेख गरिन्।

झाँक्रीलाई उनकै निवास शंखमूलबाट बिहीबार दिउँसो पक्राउ गरी महानगरीय अपराध महाशाखा, मीनभवन लगिएको थियो। उनलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई उनका कार्यकर्ताले अवरोध गरेका थिए। झाँक्रीले पनि पक्राउ पूर्जी नभइ गिरफ्तार गर्न नमिल्ने भनेकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ पूर्जी थमाएको थियो।

हिरासतमुक्त भएपछि नेतृ झाँक्रीले आफ्ना अभिव्यक्तिमा कुनै पनि पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन्। उनले आफू अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने समेत उल्लेख गरिन्।

केही दिन पहिले गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा आबद्ध महिला नेताहरूले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।