७ बैशाख २०८१, शुक्रबार

प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

tilak pariyar

प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले आज ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको यस विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । यो विधेयकसहित उहाँको कार्यकालमा प्रमाणीकरण गरिएका विधेयकको सङ्ख्या जम्मा १७ पुगेको छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण गरिएका हालसम्मको विधेयकको सङ्ख्या जम्मा ३९ पुगेको छ ।