७ आश्विन २०७८, बिहीबार

५५ दिनमा सकियो ‘आई एम ट्वान्टी वान’को सुटिङ

im 21

फिल्म ‘आई एम ट्वान्टी वान’को छायांकन ५५ दिनमा सकिएको छ । लकडाउनकोको अन्त्यतिर थालिएको उस फिल्मको छायांकन काठमाण्डौ, धरान, ललितपुर लगायतका विभिन्न स्थानमा गरिएको छ । एउटा डान्सको कथामा फिल्म निर्माण गरिएको हो ।

रेनशा वान्तवा राइको निर्देशनमा बनेको फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको छ । कोरोना त्रासका बाबजुद फिल्मको छायांकन गरेकी निर्देशक रेनशा राइले निकै नै चुनौतीपूर्ण काम सकिएको बताएकी छन्। उनले आफुले डान्समा फिल्म निर्माण गर्नु निकै चुनौती पुर्ण काम रहेछ भन्ने महशुश गरेको बताएकी छन्।

उनले फिल्मका लागि व्यवसाियक डान्स पाउन मुश्किल भएको जनाएकी छन्। फिल्मको छायांकन सकाउँदे गर्दा डान्सरहरु नपाएर मुश्किल अवस्थामा सुटिङ सकिएको बताईन । फिल्म ‘आई एम ट्वान्टी वान’ एउटा डान्सरको कथामा निर्माण गरिएको हो। यहि फिल्ममा रेनशाले १२ जना नयाँ कलाकारलाई डेब्यू गराएकी छन्। यस फिल्मको एउटा गीतको छायांकन बाँकी रहेको छ। फिल्मको लगानी प्रज्ज्वल शमशेशर जबराले गरेका हुन्। अर्को वर्ष फिल्म रिलिज गर्ने सोच निर्माण पक्षको भएता पनि प्रदर्शन मिति भने तय गरिएको छैन ।