२६ बैशाख २०८१, बुधबार

दुबई विमानस्थल डुबानमा, यात्रु अप्ठेरोमा

Dubai airport

युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो ।  गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको  जनाइएको छ ।

दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा र बाढी आएपछि विमानका कैयौं उडानमा ढिलाइ वा रद्ध गरिएको थियो ।  कतिपय विमानले रुट बदलेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार कैयौं उडान १२ देखि १४ घण्टा ढिला भएका थिए ।

सोसल मिडियामा हालिएका भिडियोमा सो विमानस्थलमा पानी नै पानी देखिन्छ ।  त्यहाँ रहेका थुप्रै यात्रुलाई अर्को उडान लिनुपर्ने भए पनि पानीका कारण उडान अवरुद्ध भएका छन् । 

प्रशासनका तर्फबाट एडभाइजरी जारी गरेर भारी वर्षाले उडान प्रभावित भए पनि यात्रुका लागि वैकल्पिक उपाय अपनाउन लागिएको जनाइएको छ । -बीबीसी

    सम्बन्धित समाचार...