१५ चैत्र २०८०, बिहीबार

राजधानी हेटौंडाको पक्षमा १ सय ६ सांसदले मतदान गर्ने

hetauda

झन्डै दुई वर्ष सम्म राजधानी र नामाकरणबारेको अन्योल प्रदेश ३ को राजधानी र नामाकरणको बिषय मतदान गरी अब टुंगिने भएको छ। 

शनिबार बसेको प्रदेशसभा वैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौंडाको प्रस्ताव पेश गर्नुभएको थियो । पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले समर्थन गर्नुभयो ।

शनिबारनै बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका गर्नुभएको थियो । बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाउनुभयो । 

यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेका छन् । 

शनिबारको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट प्रदेश ३ सभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद सुरेन्द्र रााज गोसाईेंले हेटौंडाको पक्षमा मतदान गर्ने बताउनु भयो  ।

अब सभामुख बाहेक एक सय ६ जना सांसदले स्थायी राजधानी हेटौंडाको पक्षमा मतदान गर्ने लगभग पक्का भएको छ । यता प्रदेशको नाम वागमतीमा भने सवैदलका सांसदहरुले मतदान गर्ने निश्चित भएको छ । प्रदेशसभामा ११० जना सदस्य छन् । जसमा नेकपाका मात्र ८० सांसद छन्। हेटौँडालाई राजधानी बनाउनुपर्ने भन्ने पक्षमा विवेकशील साझा र विवेकशील नेपालि दलका बाहेक १०७ जना सांसद छन्।