१४ बैशाख २०८१, शुक्रबार

सुपरहिट फिल्म ‘पर्खी बसेँ’ को सिक्वेल बन्ने

Parkhi Base 2 Team

चलचित्र ‘पर्खी बसें २’ निर्माण हुने भएको छ ।

विदेश पलायन भएका अभिनेता राजबल्लभ कोइरालाको सुपरहिट फिल्म ‘पर्खी बसेँ’ को सिक्वेल बन्ने भएको हो ।

गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोको सहकार्यमा ‘पर्खी बसेँ २’ बन्ने जानकारी गराएको हो । फिल्म निर्माणका विषयमा बिहीवार गोपीकृष्ण मुभिजका तर्फबाट निकिता पौडेल र हिमालयन मुभी स्टुडियोका तर्फबाट विनोद सापकोटाबीच बिहीवार सम्झौता भएको छ ।

यो फिल्मलाई निकिता पौडेल र विनोद सापकोटाले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मलाई ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । राजबल्लभको ‘पर्खी बसेँ’ वि.सं। २०६४ मा प्रदर्शनमा आएको थियो । फिल्मलाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए ।

निर्देशक चौधरीका अनुसार ‘पर्खी बसेँ २’ मा सांगीतिक प्रेमकथा देखाइनेछ । यस्तै फिल्मको वितरणको जिम्मा रिच इन्टरटेनमेन्टलाई दिइएको छ । यद्यपि फिल्मका को को कलाकार रहने भन्ने जानकारी गराइएको छ । फिल्मको पहिलो सिरिजमा राज बल्लभ कोइराला , युना उप्रेती , निखिल उप्रेती लगायतको अभिनय थियो । साथै गोपीकृष्ण मुभिजले ‘माइकल अधिकारी’ नामक फिल्म पनि निर्माण गर्दैछ ।

    सम्बन्धित समाचार...