४ बैशाख २०८१, मंगलवार

आज राति खण्डग्रास चन्द्रग्रहण

chandra grahan AEI3K1OQ4d

आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ।  शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म चार घण्टा आठ मिनेट रहनेछ ।

‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने।’ सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ। यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्टेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।

ग्रहणको अधिकतम अवस्थामा चन्द्रमालाई एउटा गहिरो छायाले ढाकेको देख्न सकिने शर्मा बताउँछन् । पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन् । पृथ्वी सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्रग्रहण लाग्छ ।