१३ बैशाख २०८१, बिहीबार

दुल्लूमा शिक्षा प्रतिकार्य योजना सम्बन्धि गोष्ठी

dialkeh sikai nirantarataa

जिल्लाको दुल्लू नगरपालिमा शिक्षा प्रतिकार्य योजना सम्बन्धि १ दिने गोष्ठि मंगलबार सम्पन्न भएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्रीय कमिटिको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा कोभिड १९ का कारण पछाडि परेको शिक्षालाई कसरी व्यवस्थापन गर्ने यसको मुख्य उदेश्य रहेको छ । देशैभरीका २० वटा पालिकामा सञ्चालन गरिने कार्यक्रममा दुल्लू नगरपालिका पनि छनौट भई कार्य संचालन गरिनेछ । गोष्ठिले दुल्लु नगरपालिकाको सिकाई निरन्तरताका कोभिड १९ का सन्दर्भमा प्रति कार्य योजना समेत निर्माण गरेको छ ।

दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारी ज्युको अध्यक्षतामा सञ्चालन भएको गोष्ठिमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोईरालाले शिक्षा प्रतिकार्य योजना निर्माण कार्यक्रम संचालनले विद्यार्थीको सिकाईमा सहजता प्रदान गर्ने धारण ब्यक्त गरेका छन् ।

उक्त कार्यक्रमको समापन गर्दै प्रमुख भण्डारीले यो कार्यक्रम छनोट गरेकोमा सामुदायिक विद्यालय व्यवस्थापन महासंघलाई धन्यवाद दिदै विद्यार्थीको सिकाई निरन्तरताका लागि नगरपालिकाले प्रतिकार्य योजना बनाई लागू गर्ने बताए ।

त्यस्तै गोष्ठिमा सामुदायिक विद्यालय महासंघका केन्द्रीय सचिव लगायत, सबै वडाका अध्यक्षहरू कार्यपालिका सदस्यहरू, शिक्षक महासंघ केन्द्रीय सदस्य कृष्णप्रसाद भट्टराई, विजया माध्यामिक विद्यालय दुल्लूका अध्यक्ष भरत प्रसाद रिजाल, दुल्लू नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणि नेपाल, शिक्षा अधिकृत विकाशजंग शाही लगायतका उपस्थिती थियो ।