१२ बैशाख २०८१, बुधबार

आज राती सेनाका बख्तरबन्द गाडी चक्रपथमा गुड्दै

Nepal army ferret car

आज राती नेपाली सेनाको बख्तरबन्द गाडीहरु राजधानीको चक्रपथमा नियमित अभ्यासका लागी निस्कदै छन् ।

युद्ध र अन्य संकटका बेला प्रयोग गरिने ‘बख्तरबन्द’ गाडीहरूको प्रयोग सम्बन्धी अभ्यास गर्न नेपाली सेनाको बख्तरबन्द गाडीहरु राजधानीको चक्रपथमा निस्कने भएका हुन । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए अनुसार बख्तरबन्द गाडीहरुको नियमित अभ्यास योजना अनुसार बेलुकी १० बजेपछि चक्रपथ चक्कर लगाउने छन । त्यसैगरी बुधबार (माघ २१ गते) देशका विभिन्न स्थानका ८ वटा पृतना अन्गर्तगतका मेकनाईज्ड युनिटहरू बख्तरबन्द गाडी सडकमा निकाल्नेछन् ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ । यसको जानकारी नेपाली सेनाले आधिकारिक फेसबुक पेजका साथै ट्विटर बाट पनि दिएको छ ।

nepal army notice