१५ बैशाख २०८१, शनिबार

भाेलिदेखि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने तथा भारी हिमपातकाे सम्भावना

weather LEFo8jlXjJ

इतबार घाम लागे पनि फेरि देशका धेरै ठाउँको मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उत्तर-पश्चिम क्षेत्रबाट चिसो हावा चलिरहेको छ, फलतः मुलुकभर चिसो बढेको छ।

अहिले काठमाण्डौसहित देशका मध्य र पूर्वका केही ठाउँमा कुहिरो लागेको छ ।

अहिले लागेको कुहिरो दिउँसोपछि हट्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । तर बेलुकापछि भने पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा देखिने भएकाले राति पश्चिमी क्षेत्रको मौसम बदली हुने र हल्का पानी पर्ने सम्भावना छ ।

मङ्गलबारदेखि देशका उच्च पहाडी र हिमाली भेगमा पानी पर्ने र भारी हिमपात हुने भएकाले चिसो बढ्ने सम्भावना छ । तर काठमाण्डौसहित मध्य र तराईका भूभागमा भने पानी पर्ने सम्भावना खासै नभएको उहाँले बताउनु भयो । यी क्षेत्रमा भने सामान्य खालको बदली मात्रै हुनेछ ।

मङ्गलबार र बुधबार उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना भए पनि बिहीबारदेखि भने फेरि मौसममा सुधार हुने उहाँले बताउनु भयो । यसैबीच काठमाण्डौको सोमबार बिहानको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।