१६ चैत्र २०८०, शुक्रबार

टेलिश्रृंखला ‘कलेज लभ’ मा सुशील, सुजल देखि पवन भट्टराई सम्म

College Love

फिल्म निर्देशक राजबहादुर साने निर्देशीत टेलिश्रृंखला तथा वेवसिरिज ‘कलेज लभ’ को टे«लर सोमबार सार्वजनीक गरिएको छ । प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रशारण हुने ‘कलेज लभ’ युट्युवमा चाहिँ केके प्रोडक्शन हाउसमार्फत ल्याइने छ ।

सार्वजनीक ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण, प्रेम,करिअरप्रतिको चिन्तालगायतका बिबिध बिषय प्रस्तुत गरिएको छ । टेलिश्रृंखलामा सुशील पोखरेल, हिउँवाला गौतम,प्रिया रिजाल,सुजल बम,शिसिर राणा,नवीन केसी,सयुज राई,पवन भट्टराई,शुभम गौतम,टेक बम,मुस्कान बुढाथोकी,बिबस थापा,स्नेहा मगर, पूजा दर्नाल,अमृता थापा,आशा राई,सारा नेपाली,आकाश थापा, बिष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

कुमार केसीको प्रस्तुत रहेको टेलिश्रृंखलालाई दिब्य सुवेदी र बीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा (किम्भे) ले सम्पादन गरेका हुन् । लेखक समेत रहेका निर्देशक साने ‘कलेज लभ’ ले कलेज युवायुवतीको सोच,शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तनलगायतका बिभिन्न बिषयलाई मनोरञ्नात्मक तवरले एकिकृत रुपमा प्रस्तुत हुने दावी गरेका छन् ।

    सम्बन्धित समाचार...