१४ बैशाख २०८१, शुक्रबार

महिलामात्र बस्ने एउटा गाउँ

Jinwar 2 0EfeFCgIoN

महिलामात्र बस्ने ठाउँमा विश्वको कुनै कुनामा छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर महिलालाई स्वतन्त्रता प्रदान गर्ने उद्देश्यले उत्तरी सिरियाको कर्दिस क्षेत्रमा महिला मात्रै बसोबास गर्ने एउटा गाउँको निर्माण भएको छ । जसलाई जिन्वार भनेर चिनिन्छ ।

जिन्वार बस्तीलाई हातहतियारयुक्त महिलाहरुले सुरक्षा दिन्छन् । पुरुषहरुले बस्ती अवलोकन गर्न पाउँछन् तर त्यहाँ बस्न पाउँदैनन् ।

जिन्वार गाउँमा बस्दै आएकी अमिरा महाब्बत भन्छिन् ‘मैले टेलिभिजनबाट यस गाउँको बारेमा थाहा पाएकी हुँ । महिलाहरुबाट यस्तो पनि सम्भव होला र रु मैले आफैलाई सोधेँ उनीहरु पुरुषबिना कसरी यहाँ रोकिए रु तर यहाँ बसेपछि महिलाहरु बच्चा हुर्काउन एक्लै सवल र सक्षम छन् भन्ने महसुुस भयो ।

गाउँकी स्थानिय फातिमा अमिनका अनुसार सन् २०१७ मार्च १० बाट बस्ती निर्माण सुरु गरिएको हो । २०१८ नोभेम्बर २५ मा निर्माण सम्पन्न भयो । गाउँमा जम्मा तीसवटा घरहरु छन् । सातवटा घरहरु बस्तीबाट केही पर छन् । गाउँमा केही परिवार द्धन्द्ध पीडित र एकल महिला पनि छन् ।

जिन्वार गाउँको मुख्य उद्देश्य ती महिलाहरुलाई स्वतन्त्रता प्रदान गर्नु हो, र उनीहरुलाई परिवार र समाजमा रहन दिनु हो ।

बस्ती निर्माण गर्ने महिलालाई क्रान्तिकारी भनेर चिनिन्छ । समाजमा महिलाको सामुहिक भूमिका निर्माण गर्नु गाउँको लक्ष्य रहेको छ । जसले महिलाको स्वतन्त्रतालाई सिमित र नियन्त्रण गर्न चाहन्छ, उनीहरुका लागि यो बस्ती एक जवाफ बन्न सक्छ ।

गाउँमा सबैका लागि सामूहिक भान्सा छ, एउटा स्कुल, अस्पताल र पसल पनि महिलाहरुले सञ्चालन गरेका छन् । महिलालाई सशक्त बनाउनु, आत्मनिर्भर बनाउनु र उनीहरुमा चेतना फैलाउनु शैक्षिक संस्थाको उद्देश्य रहेको छ । एजेन्सी

    सम्बन्धित समाचार...