१३ बैशाख २०८१, बिहीबार

जनताका घरदैलामा जान थापाको आग्रह

kamal thapa hetauda visit

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने बताउनुभएको छ ।

गृह जिल्ला मकवानपुरमा रहनु भएका थापाले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभाव दिन नहुनेमा जोड दिनुभयो ।अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने जनाउँदै थापाले कसैलाई पनि निषेध गर्न नहुने बताउनुभयो ।

राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने तथा जनताको घरदैलामा जान ढिलो गर्न नहुने जनाउँदै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनानुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गर्नुभयो ।

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । आजको बैठकमा ३० जिल्लाका अध्यक्षको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।