१३ बैशाख २०८१, बिहीबार

सुनको भाउले राख्यो नयाँ रेकर्ड

gold price nepal

सुनको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँले बढेर ७४ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य ७३ हजार ५०० रुपैयाँ रहेको थियो । यता, तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले नै बढेर तोलाको ७४ हजार २०० रुपैयाँ कायम भएको छ ।

बिहीबार तेजावी सुनको मूल्य ७३ हजार २०० रुपैयाँ रहेको थियो । शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको भाउ ८ सय ९० रुपैयाँ थियो । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ । आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्वयसायीहरुको भनाई छ ।