३ कार्तिक २०७८, बुधबार

अन्तरराष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेकामा चिन्ता व्यक्त

Dr Baburam Bhattarai

जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताका पक्षमा उभिनुपर्ने बताउनुभएको छ ।

जसपाद्वारा टीकापुरमा भएको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभालाई सम्बोधन गर्नेक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यो विघटन संविधान र लोकतान्त्रिक गणतन्त्रको विघटन भएको तर्क गर्दै यसबाट तानाशाही प्रवृत्ति निम्तिने ठोकुवा गर्नुभयो ।

जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्ने विश्वास व्यक्त गर्दै डा भट्टराईले विघटनसँगै अन्तरराष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको भनी चिन्ता व्यक्त गर्नुभयो ।