१४ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा हल्का वर्षा, आजदेखि तीन दिनसम्म देशका धेरै स्थानमा हल्का वर्षा हुने

cold

आज काठमाडौंसहित पूर्वी र पश्चिमका केही जिल्लामा हल्का वर्षा भएको छ । यसले गर्दा काठमाडौं वरिपरी चिसो थप बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ,”मौसमविद्  अनुसार राति पनि यी स्थानमा हल्का वर्षाको सम्भावना छ ।

“अहिले काठमाडौंसहित पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ । केही स्थानहरुमा हिमपात पनि भइरहेको खबर प्राप्त भएको छ,” उनले पछिल्लो मौसमी अवस्थाका बारेमा जानकारी गराउँदै भनिन्, “काठमाडौंमा अलिअलि वर्षा भएको छ । विशेषगरी पूर्व र पश्चिमी भेगमा पानी परेको छ । भोलि पूर्णरुपमा बदली हुने र वर्षाको सम्भावना छ ।”

हुम्लासहित उच्च पहाडी जिल्लामा आसपासमा हिमपात भइरहेको छ ।