१३ बैशाख २०८१, बिहीबार

गृहसचिव र आईजीपीले पाए गृहमन्त्रीबाट १०–१० हजार पुरस्कार !

1577952669police awarded0

बेरूजु फर्स्यौटमा नेपाल प्रहरीलाई सर्वोत्कृष्ट पुरस्कार

गृहमन्त्री रामबहादुर थापाले गृहसचिव प्रेमकुमार राई र प्रहरीका आईजीपीलाई १०–१० हजार रुपैयाँसहित पुरस्कृत गरेका छन् ।

गृह मन्त्रालय र मातहतका निकायमा रहेको बेरुजु रकम फर्छ्यौटमा राम्रो प्रगति गरेको भन्दै मन्त्री थापाले पुरस्कृत गरेका हुन् ।

गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४र७५ को बेरूजु फर्स्यौटमा सबैभन्दा बढी प्रतिशत हासिल गर्नेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी देखिएका छन्। नेपाल प्रहरीले ८८.५ र सशस्त्रले ८६.९६ प्रतिशत बेरूजु फर्स्यौट गरेका छन्। यस्तै, अध्यागमन विभागले ८४.६२ र गृह मन्त्रालयले ७४.४१ प्रतिशत बेरूजु फर्स्यौट गरेका छन्।

बेरूजु फर्स्यौटमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै गृहमन्त्री थापाले बिहीबार सचिव प्रेमकुमार राई सहित ९ जनालाई पुरस्कृत गरेको छ। पुरस्कृत हुने अन्यमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गृह मन्त्रालयका सहसचिव महादेव पन्थ, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल, गृहका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र नरबहादुर कुँवर छन्।

राई, खनालद्वयाई दस हजार रूपैयाँ पुरस्कार दिइएको छ भने अन्यले ८ हजार रूपैयाँ पाएका छन्। पुरस्कार गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी वितरण गरेका थिए।