४ बैशाख २०८१, मंगलवार

१२ घण्टाभित्र चितवन जिल्लाबाट रमाना हुन एसपी मल्ललाई निर्देशन

20200102121850 654317

प्रदेश ३ प्रहरी कार्यालयले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको छ।

एसपी मल्लले सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि प्रदेश प्रहरीले निर्देशन दिएको हो। प्रदेश प्रहरी कार्यालयले दिएको निर्देशनमा भनिएको छ, ‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ।’

चितवनका प्रहरी प्रमुख मल्ललाई गत साता प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । मल्लले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छ्रैनन् ।

प्रहरी प्रधान कार्यालयले पुस ४ गते २४ जना एसपीको सरुवा गरेको थियो।  उनको ठाउँमा एसपी गंगा पन्तलाई सरुवा गरिएको थियो। तर, उनले चितवन नछोड्दा एसपी पन्तले जिम्मेवारी सम्हाल्न सकेका थिएनन्।

प्रदेश प्रहरी कार्यालयले बुधवार साँझ लिखित पत्रमार्फत त्यहाँ कार्यरत डिएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरवन्दीमा रवाना गरी सोको जानकारी दिन भनेको छ । यो पत्रअनुसार उनले आजै साँझसम्म त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्नेछ ।