१२ बैशाख २०८१, बुधबार

सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

sudan

जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मङ्गलबार शान्त पारिएको सुडान सरकारले जनाएको छ ।

करिब तीन दिन चलेको जातीय हिंसाका कारण कम्तिमा १५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन् । डार्फरमा दशौं हजार नागरिक विवादपछि त्रासले विस्थापित भएको एक आदिवासी नेता तथा क्षेत्रीय अधिकारी मोहम्मद अबदल्ला अल डुमाले बताउनुभयो ।

संयुक्त राष्ट्र संघ र अफ्रिकी संघले पठाएको शान्ति सेनाले उक्त स्थान छोडेको लगत्तै भएका घटनापछि उनीहरूलेत्यस क्षेत्रमाण् थप रक्तपात हुने डर बढेको जनाएपछि राजधानी खार्तूमको संक्रमणकालीन सरकारले दुर्गम क्षेत्रमा राष्ट्रिय सेना पठाएको छ ।

पश्चिम डार्फरको राजधानी एल जेनिनामा शनिबार हिंसा भडकिएको र कम्तिमा १०० व्यक्तिको मृत्यु भएको राज्यका गभर्नर अब्दल्ला अल–डुमाले बताउनुभयो । घटनामा १३० भन्दा बढी घाइते भएका उहाँले बताउनुभयो ।

पश्चिम डार्फरमा सुरक्षा स्थापनार्थ गर्न खार्तूम र अन्य राज्यहरूबाट सैनिकहरू त्यहाँ आउँदा राज्यव्यापी निषेधाज्ञा लगाइएको छ । उक्त क्षेत्रमा आइतवारदेखि कुनै झडप भएको छैन तर लुटपाटको घटना भएका बताइएको छ । विशेष गरी आन्तरिक रूपमा विस्थापितहरू रहेको केरिन्डिग शिविरमा बस्ने नागरिकका घर र खेतहरूमा आक्रमणकारी समूहहरूले लुटपाट मच्चाएको डुमाले एएफपीलाई बताउनुभयो ।

एल जेनेइना र केरिन्डिग शहर र यसका वरिपरिका स्थानमा सुरक्षाकर्मी तैनाद गरिएको छ जसका कारण राज्यको अवस्था मङ्गलबार शान्त भएको छ ।

दक्षिण डारर्फरमा सोमबार फाल्लाता जातीय समूह र अरब रिजेगात जनजातिबीच भएको एक छुट्टै झडपमा कम्तिमा ५५ जना मारिएका र ३७ जना घाइते भएका छन् ।

आदिवासी नेता मोहम्मद सालेहले फोनमार्फत एएफपीसँग भन्नुभयो, “दक्षिण डार्फरको हाम्रो गाउँमा आज अवस्था शान्त छ । सेनाको अत्यधिक उपस्थितिपछि त्यहाँ झडपहरू भएका छैनन् ।” उहाँले थप्नुभयो, “द्वन्द्वरत शक्तिहरूले शक्ति सञ्चय गरी पुनः हिंसात्मक झडप गर्नसक्ने भयले स्थानीय नागरिकहरू भने त्रसित छन् ।”