 
					समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवादित गोकर्ण फरेस्ट रिर्सोट प्रकरणबारे व्यंग्य गरेका छन् ।
‘यती’को खोजीमा वैज्ञानिकहरू आजित भएको वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्’ डा. भट्टराईले सामाजिक सञ्जालमा ट्विट गरेका छन्, ‘नेपाल ट्रस्टका पदाधिकारीहरूले ‘यती’ नहुने हो भने गोकर्ण फरेष्ट गौचरन बन्ने गोकुवा गरेछन् ।’
‘यति’को खोजीमा वैज्ञानिकहरू आजित भएको वेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्!नेपाल ट्रष्टका पदाधिकारहरूले‘यति’नहुने हो भने गोकर्ण फरेष्ट इ.गौचरन बन्ने ठोकुवा गरेछन्!उसो भए पूरै देश‘यति’कै ज़िम्मा लगाए भैगो!समृद्ध नेपाल बनाउने क्या ग़ज़ब काइदा! https://t.co/vdKfo9krY6
— Baburam Bhattarai (@brb1954) December 29, 2019
पूर्वप्रधानमन्त्री भट्टराईले देश नै ‘यती’ समूहलाई जिम्मा लगाउने त भन्ने व्यंग्य कसेका छन् । उनले लेखेका छन्, ‘उसो भए पुरै देश ‘यती’कै जिम्मा लगाए भैगो, समृद्ध नेपाल बनाउने क्या गजब काइदा ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले भने शनिबार स्वतन्त्र संघसंस्थाबाट मुल्यांकन गराएर कानूनी ढंगले नै भाडा दिएको धारणा राखेका थिए ।
 
											 
											 
									 
									 
									