१६ चैत्र २०८०, शुक्रबार

दुई न्यायाधीशको हत्याप्रति ध्यानाकर्षण

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालत बार एशोसिएशनले अफगानिस्तानको सर्वोच्च अदालतमा कार्यरत दुई महिला न्यायाधीशको राजधानी काबुलमा आइतबार गोली हानी हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा अफगानिस्तानमा भएको सो घटनाले विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार र न्यायाधीशको कार्यगत स्वतन्त्रतामाथि नै आक्रमण गरेको ठहर गर्दै सेवारत न्यायाधीशमाथि भएको हत्याबाट स्तब्ध बनाएको उल्लेख छ ।

“न्यायलयको स्वतन्त्रता तथा न्यायाधीश, कानून व्यवसायी र कानून कर्मीमाथि हुने आन्तरिक, बाह्य वा अन्य कुनै पनि प्रकारको आक्रमण वा हस्तक्षेप स्वीकारयोग्य हुन सक्दैन”, विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानमा भएको आक्रमणमा परी दिवङ्गत हुनुभएका सर्वोच्च अदालतमा न्यायाधीशद्वयप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ ।”

अफगानिस्तानमा जारी द्वन्द्व अन्त्य गर्ने सिलसिलामा अफगानी सरकार र विद्राही समूहबीच शान्ति वार्ता जारी रहेको अवस्थामा यस्ता घटना हुँदा विश्वभरि नै सरकारका अन्य निकायको कामलाई लिएर न्यायाधीश, कानून व्यवसायी र कानूनकर्मीमाथि आक्रमणले स्वतन्त्र न्यायपालिका र न्यायाधीशको कार्यगत स्वतन्त्रताको विषयप्रति जिम्मेवारी हुनुपर्ने अवस्थामा मानवीयता माथिकै बर्बर आक्रमण भएको सर्वोच्च बारले ठहर गरेको छ ।