७ बैशाख २०८१, शुक्रबार

यी हुन् चन्द्रमामा अन्त्येष्टि गरिएका दुनियाका एकमात्र मानिस

Eugene M Shoemaker flagstaff

विश्व इतिहासमा यस्ता कैयन् वैज्ञानिकहरु छन् जसको आविष्कार तथा उपलब्धीका कारण उनीहरुलाई मानिसहरुले सदैव सम्झिरहन्छन् ।

यस्तै वैज्ञानिकमध्येका एक हुन् युजिन मर्ले शुमेकर । उनले कैयन् अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए र एक नयाँ विज्ञानलाई स्थापित गरेका थिए ।

२८ अप्रिल १९२८ मा जन्मिएका युजिन २० औँ शताब्दीका महान विद्वानमध्ये एक थिए । उनको योगदानका लागि सन् १९९२ मा उनले अमेरिकाको विज्ञान क्षेत्रको राष्ट्रिय पदकसमेत पाएका थिए । युजिनलाई एरिजोनास्थित उल्कापिण्डले बनाएको खाडल (बेरिन्जर मेटियोर क्रेटर० जस स्थल खाडीहरुको अध्ययनका लागि पनि चिनिन्थ्यो ।

उनी अमेरिकाको खगोल भूविज्ञान अनुसन्धान कार्यक्रमका पहिलो निर्देशक पनि थिए । युटा र कोलोराडोमा पहिलोपटक युरेनियमको अन्वेषण उनैले गरेका थिए । साथै उनले ज्वालामुखी प्रक्रियाहरुको पनि अनुसन्धान गरे ।

आजभन्दा साढे ६ करोड वर्ष पहिले पृथ्वीमा एक विशाल उल्कापिण्ड खसेका कारण डाइनोसरलगायतका जीवहरुको विनाश भएको र त्यसरी उल्कापिण्ड खसेको ठाउँ मेक्सिकोस्थित युकाटन द्वीप रहेको भन्ने वैज्ञानिक खोजमा पनि उनले सहयोग गरेका थिए ।

उनले चन्द्रमाको पनि विस्तृत अध्ययन गरेका थिए । उनी प्रायः अन्तरीक्षयानमा चढेर चन्द्रमामा जाने कल्पना गर्दथे । यद्यपि उनलाई आफ्नो सपना पूरा गर्ने अवसर कहिल्यै प्राप्त भएन । एक गम्भीर रोगका कारण उनी अन्तरीक्षयानमा जान सकेनन् । तर सन् १९९७ मा उनको मृत्युपछि नासाले उनको सपनालाई केही हदसम्म पूरा गर्ने काम गर्यो । उनको अस्तु अर्थात् लास जलाएको खरानीलाई चन्द्रमामा पुर्‍याइयो र अन्त्येष्टि गरियो । योसँगै चन्द्रमामा अन्त्येष्टि गरिने उनी विश्वका एकमात्र मानव बन्न सफल भएका भए ।

सन् १९९७ को जुलाई १८ मा कार दुर्घटनामा उनको मृत्यु भयो । दुर्घटनामा उनकी पत्नी गम्भीर रुपमा घाइते भइन् । उनकी पत्नी क्यारोलिन पनि एकजना खगोलशास्त्री हुन् जसको उमेर अहिले ९० वर्ष भैसकेको छ ।

एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार...