८ बैशाख २०८१, शनिबार

मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम

nirbachan

जिल्ला निर्वाचन कार्यालय दैलेखले १ दिने मतदाता नामवली अद्यावधिक (दावी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय दैलेखको आयोजनामा जिल्ला स्थित सरोकारवाला र पत्रकारहरुसंग १ दिने अन्तक्रिया कार्यक्रम गर्दे जिल्ला निर्वाचन कार्यलय दैलेखका कार्यलय प्रमुख कमारी रिमा मल्लले निर्वाचन कार्यलयले गर्ने लागेका कार्यक्रमहरुको बारेमा जानकारी दिएकी थिइन् ।

आइतबार प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्ष्तामा जिल्ला समन्वय समिति दैलेखको सभाहलमा भएको कार्यक्रममा निर्वाचन आयोगको पृष्ठभुमी मतदाता नामवली ऐन २०७३ को दफा ४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश (२) बमोजिम निर्वाचन मिति घोषण भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामवलीमा नाम दर्ता गरिने छैन भन्ने ब्यवस्था बमोजिम बिगत देखि सङ्कलन भएको मतदाता नामवलीलाई आगामी निर्वाचनमा समावेश गर्नको लागि मतदाता नामावली अद्यावधिक, दावी विरोधको प्रक्रिया बमोजिम, आगामि बैशाख १७ र २७ गते निर्वाचनको घोषण भईसकेकोले यो कार्यक्रम तयार गरिएको जानकारी दिदै निर्वाचन आयोगको उद्देश्य, कार्यक्रम कार्यान्वयन प्रक्रिया, नामावली प्रकाशन, प्राप्त निवेदनहरुलाई (नामावली) सच्याउनु पर्ने भएका सो अनुसारका काम गर्ने भन्दाइ निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गरिएका छन् ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम देशभरका ७५३ वटै स्थानिय तहको केन्द्रलाई आधार मानेर संचालन हुने र जिल्ला स्तरका समग्र कार्यक्रम सुचारु भएको मल्लले जानकारी दिइन् । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला समुन्वय प्रमुख प्रेम बहादुर थापा, अतिथि गाउँपालिकाका अध्यक्ष ,सुरक्षा नियकायका प्रमुख, पत्रकार लगायतको उपस्थीति रहेको थियो ।