१३ बैशाख २०८१, बिहीबार

पूर्व प्रेमिकाहरु भेला भए सलमान खानको जन्मदिन पार्टीमा- तस्बिर सहित

salman khan birthday vi6X6IZ3ZG

बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औं जन्मदिन मनाएका छन् । यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए । यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा पार्टी राखे जसमा उनको परिवारसहित थुप्रै सेलिब्रिटी पुगे ।

उनको जन्मदिनको पार्टीमा उनकी दबंग को–स्टार सोनाक्षी सिन्हा पनि पुगिन् । सोनाक्षीसँगै उनकी आमा पूनम सिन्हा पनि उक्त कार्यक्रममा पुगिन् । सलमान खानले उनलाई अँगालो हालेर स्वागत गरे ।

arbaaz khan gkyLhje7Ks Copy iulia vantur Ho3M74uQs9 katrina kaif AP7cXfAI97 sangeeta bijlani FlXjPAyOhb sonakshi sinha AiW0jJnPETCapture 2
सलमानको बर्थडे पार्टीमा बलिउड नायिका उर्वशी रौतेला पनि उपस्थित भइन् र उनले आफ्नो अचम्मको स्टाइलमा मिडियालाई पोज दिइन् ।

सलमानका भाइ अरबाज आफ्नी प्रेमिका जर्जिया एन्ड्रियानीसँग । सलमानको जन्मदिनको पार्टीमा संगिता बिजलानी पनि पुगेकी थिइन् । स्मरण रहोस् उनको नाम कुनै बेला सलमानसँग जोडिएको थियो । उनीसँग विवाहको मिति तोकिएको र कार्ड नै छापिएको पनि विभिन्न भारतीय मिडियाले बताउने गरेका छन् ।

यो मौकामा सलमान खानकी नजिककी साथी एवं कथित प्रेमिका युलिया पनि पुगेकी थिइन् ।सलमान खानलाई जन्मदिनको बधाइ दिन उनकी पूर्व प्रेमिका कट्रिना कैफ पनि पुगेकी थिइन् ।

सलमान खानकी बहिनी अर्पिता छोरा आहिल र श्रीमान् आयुषसँग कार्यक्रममा उपस्थित भइन् । अर्पिताले दाइ सलमानको जन्मदिनको अवसर पारेरै शल्यक्रियामार्फत् छोरीलाई जन्म दिएकी छिन् । एजेन्सी