६ चैत्र २०८०, मंगलवार

महामारीको कारण अन्तराष्ट्रिय आप्रवासनमा झण्डै ३० प्रतिशतले कमी

aprabasi

कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ ।

सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशीएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०२० मा लगभग २८ करोड १० लाख मानिसहरू आफ्नो मूल देश बाहिर बसिरहेका तथ्याङ्कमा उल्लेख छ ।

‘अन्तर्राष्ट्रिय आप्रबासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई तिहाई आप्रवासीहरू २० देशहरूमा बसोबास गरिरहेका छन् । सबैभन्दा बढी आप्रबासी रहेको देश संयुक्त राज्य अमेरिकामा सन् २०२० मा कूल पाँच करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरू बसोबास गर्दै आएका संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।

यसपछि जर्मनीमा एक करोड ६० लाख, साउदी अरबमा एक करोड ३० लाख, रूसमा एक करोड २० लाख र बेलायतमा ९० लाख आप्रबासीहरू रहेका छन् ।

सन् २०२० मा देश छोडी अन्य मुलुकमा काम वा बसोबास गर्नेहरूको सूचीमा सबैभन्दा धेरै भारतीय रहेको राष्ट्रसंघले जनाएको छ । सन् २०२० सम्ममा एक करोड ८० लाख भारतीय नागरिकले काम वा बसाई सराईका कारण देश छोडेको तथ्याङ्कमा उल्लेख छ ।

यसबाहेक धेरै आप्रबासनका लागि देश छोड्ने मुलुकहरूमा मेक्सिको, रूस, चीन र सिरिया रहेका छन् । राष्ट्रसंघीय प्रतिवेदन अनुसार मेक्सिको र रूसबाट विदेशमा काम, पढाई वा बसाइ सराई गर्दै आएका नागरिकको सङ्ख्या एक करोड ११ लाख रहेको छ भने चीनको एक करोड र सिरियाको ८० लाख रहेको छ ।

सन् २०२० मा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत अन्तर्राष्ट्रिय आप्रबासीहरू यूरोपमा रहेका छन् । यूरोपमा एक देश जन्मिएका तर अर्को देशमा बसोबास वा काम गर्दै आएका आप्रबासीको सङ्ख्या ७० प्रतिशत रहेको छ ।

    सम्बन्धित समाचार...