१३ बैशाख २०८१, बिहीबार

केटाकेटीलाई मन्त्री बनाइदेको ‘बैगुनी केटो’ले पुक्क लात्ताले हानेर भाग्यो

KP Oli 1

एक दिन पुक्क लात्ताले हानेर भाग्यो, को रहेछ भनेर यसो हेरेको त उही योगेश भट्टराई केटो पो रहेछ

रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले योगेश भट्टराईको आलोचना गरेका छन् ।

केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेकाे आराेप लगाएका छन् । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उनले मन्त्री बनाएपछि लात्ताले हानेर भागेको आरोप लगाएका हुन ।

उनले भट्टराईलाई ‘बैगुनी केटाकेटी’को संज्ञा दिँदै उनी निस्कँदैमा केही फरक नपर्ने बताए । दाहाल नेपाल समूहमा लागेपछि प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई बैगुनीको संज्ञा पनि दिएका हुन् ।

शनिबार नेकपा ओली समूहको प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै अ‍ोलीले प्रदेश १ मा बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने बताए ।

ओलीले भने– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’

आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइदिएँ । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही योगेश भट्टराई केटो पो रहेछ ।’

ओलीले आफू त्यस्ता कुरामा नअल्झिने बताउँदै पार्टीमा युवाहरुको कमी नभएको बताए । साथै उनले प्रदेश १ लाई निर्वाचनमा अत्याधिक मत ल्याएर १ नम्बर प्रदेश बनाउन अग्रसर भएर लाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले योगेशका बारेमा टिप्पणी गर्दा बडो आक्रामक भएका थिए । उनले भनेका थिए कि उनले छाडेर हिँडे पनि आफ्नो पार्टीमा युवाहरुको कमी छैन । हामी त्यस्तो कुरामा अल्झिदैँनौँ, उनले भने ‘एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन ।’

विसं २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा योगेश ताप्लेजुङबाट विजयी भएका थिए । प्रधानमन्त्री योगेश भट्टराईको निर्वाचन क्षेत्रमा गएर भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता जनाएका थिए ।

kp oli program

उनको चुनावी सभामा ओलीले  सम्बोधन गरेका थिए र भनेका थिए तपाईंहरु योगेश भट्टराईलाई चुनाव जिताएर पठाउनु, मन्त्री बनाउने जिम्मा मेरो भयो । पछि उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टराई लगायत दाहाल–नेपाल समूहका ७ मन्त्रीले सामुहिक राजीनामा दिएका थिए ।

भट्टराई ओलीको पुस ५ गतेको कदमपछि प्रचण्ड–नेपाल समूहतिर लागेका छन् ।