१६ चैत्र २०८०, शुक्रबार

“घामड शेरे” र “आमा” युट्युब भन्दा अगाडी अनलाईनमा छ्याप छ्याप्ती

Nepali Movie Aama

पछिल्ला केहि वर्ष यता नेपाली चलचित्रहरुको पाइरेसी हुने क्रम बढेको छ । झोला, कोहिनुर, छक्का पन्जा हुँदै हाल आएर “घामड शेरे” र “आमा” चलचित्र पनि युट्युबा अगावै धेरै नेपालीको हात हातमा पुगेको छ ।

IMG 7638

टेलिग्राम्, गुगला ड्राइब लगायतका माध्यमबाट साथिभाइ र इष्टमित्र हुँदै यि दुई फिल्महरु धेरै नेपाली का हात परिसकेको छ ।

IMG 7639

कोरोना महामारी संगै बन्द रहेको चलचित्र क्षेत्र बिस्तारै जुर्मुराउँदै छ भने सरकारले भर्खरै मात्र हल सन्चालन गर्न अनुमती दिएको छ । कोरोना कहर पछी खुलेका फिल्महलहरुमा केहि अघी रिलिज भएका नेपाली चलचित्र लागे पनि अपेक्षित दर्शक तान्न सकेको छैन ।

हल खुले सँगै करिब एक बर्षदेखी बन्द रहेको चलचित्र क्षेत्रप्रती नेपाली फिल्म निर्माताहरु आशावादी रहेका छन । तर यसरी पाइरेसी भएपछी फिल्म निर्माताहरुले बाध्य भएर युट्युबमा रिलिज गरेका उदाहरण पनि छन ।