१६ चैत्र २०८०, शुक्रबार

१३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा फरार गाउँपालिका अध्यक्ष पक्राउ

amirilal raut

बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनी गण्डकको प्रहरी निरीक्षक ओमप्रकाश यादव नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पाललाई बिहान ११ बजे पक्राउ गरेको हो विश्रामपुर ३ बाट अध्यक्ष पाललाई पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट २९ दिन सजाय र दुई हजार जरिबानाको आदेश भएपछि फरार सूचीमा रहेका पाललाई आइतबार पक्राउ गरी अदालत समक्ष पेश गरिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी गराउनु भयो ।

जिल्ला अदालतबाट पाललाई कारागार पठाउने आदेश भएको र केहीबेरमा पाललाई वीरगन्ज कारागार पठाइने प्रहरी उपरीक्षक खनालले बताउनु भयो । २०६३ भाद्र २९ गते जिल्ला अदालतले पाललाई सवारी ज्यान मुद्दामा दण्ड तोकेको थियो ।

    सम्बन्धित समाचार...