१४ बैशाख २०८१, शुक्रबार

दोलखामा भूकम्पको धक्का

earthquake1

दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

दोलखाको जुगु आसपास केन्द्र बिन्दु भएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको बताइएको छ ।

भूकम्पको धक्का दोलखा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो।