१३ बैशाख २०८१, बिहीबार

महामारीबीच भारतीय बक्स अफिसमा ‘सुनामी’ फिल्म ‘मास्टर’को बम्पर ओपनिङ

master movie

दक्षिण भारतीय फिल्म ‘मास्टर’ले बम्पर सुरुआत गरेको छ। साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित फिल्म ‘मास्टर’ बुधबार रिलिज भएको हो ।

फिल्मले सुरुवाती ब्यवसाय बम्पर गर्न सफल भएको छ । कोरोनाकालमा आजदेखि प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिनमै ४० करोड भारतीय रुपैयाँ भन्दा बढी आम्दानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना कालमा रिलिज भएको पुरै भारतको फिल्ममध्ये यसले भने बम्पर ओपनिङ गर्न सफल हुँदै पहिलो फिल्म बनेको छ ।

यो फिल्म हिन्दी, तमिल, तेलुगु तथा कन्नड भाषामा प्रदर्शनमा आएको छ। अन्य भाषामा बुधबारबाट प्रदर्शनमा आएको थियो भने हिन्दी भाषामा आजमात्र प्रदर्शनमा आएको हो।

लोकेश कनागराजको निर्देशनमा बनेको फिल्म तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो । फिल्मले तमिलनाडुमा मात्र २३ करोड कमाएको छ । केरला र कर्नाटकमा यसको आम्दानी ३, ३ करोड बढी बताइन्छ । तेलन्गाना र आन्ध्रा प्रदेशमा फिल्मले ४.५ करोड बढी कमाएको छ । देशका विभिन्न भागबाट १.५ करोड कमाएको छ । फिल्मले ओवरसिज मार्केटबाट पनि ४ करोड हात पारेको थियो ।

फिल्मको रिलिजपछि समीक्षक तरन आदर्शले लेखेका छन् ‘यो बक्स अफिसमा सुनामी हो । मास्टरको राम्रो सुरुवात भएको छ । दर्शक जे हेर्न चाहन्छन् । तपाई त्यति दिनुस् । उनीहरुले तपाइलाई कहिलै निरास पार्दैछन् ।’ फिल्ममा विजय, विजय सेतुपतिको अलवा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास, नसीरको मुख्य भूमिका रहेको छ । यो फिल्म आजदेखि नेपालमा समेत प्रदर्शनमा आएको छ।

    सम्बन्धित समाचार...