
नुवाकोटको तारुकास्थित गोरुजुधाइ कार्यक्रममा झपड भएको छ ।
माघे संक्रान्तिको अवसरमा हरेक वर्ष आयोजना हुने गोरु जुधाइ कार्यक्रम अवरुद्ध भएको छ । गोरु जुधाइ कार्यक्रममा एक स्वयम्सेवक घाइते भएपछि कार्यक्रम अवरुद्ध हुन पुगेको हो ।
गोरु जुधाइ हेर्न आएका दर्शकहरुको भीडबाट अज्ञात व्यक्तिले हानेको ढुंगा लागेर ती स्वयम्सेवक घाइते भएका छन् ।
स्वयम् सेवकको रुपमा खटिएका ती युवामाथि भीडबाट अज्ञात समूहले ढुंगा प्रहार गरेको बताइएको छ । गणेश सिग्देलको टाउकोमा चोट लागेको छ ।
ढुंगाले लागेर उनको टाउकोमा चोट लागेको छ । ढुंगा हान्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गर्दै पीडित पक्षले नाराबाजी गरेपछि अहिले गोरुजात्रा कार्यक्रम अवरुद्ध भएको छ भने मिलाउने प्रयास जारी रहेको जनाइएको छ ।