६ बैशाख २०८१, बिहीबार

भाजपा र मोदीमाथि आक्रामक पश्चिम बंगलाकी मुख्यमन्त्री बेनर्जी

mamata 1

‘देश स्वतन्त्र हुँदा जन्मै नभएकाहरुले को नागरिक हुन् भन्ने तय गर्नेरु’

नागरिकता संशोधन कानून (सिएए) तथा नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) को विरोधमा पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बेनर्जी आफै प्रदर्शनमा रहेकी छन् ।

उनले प्रदर्शनको क्रममा गर्ने सम्बोधनमा केन्द्र सरकारसँगै प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाउने गरेकी छन् । प्रधानमन्त्री मोदीले संसदमा रहेर पनि नागरिकता संशोधन विधेयक ९सिएबी० को पक्षमा मतदान गरेको विषयलाई लिएर प्रश्न गरेकी छन् ।

मुख्यमन्त्री बेनर्जीले भनेकी छन्, ‘प्रधानमन्त्री मोदी संसदमा हुनुहन्थ्यो, तर भोट हाल्नु भएन । यसको अर्थ उहाँ पनि यो कानूनको पक्षमा हुनुहुन्न । यदी समर्थन गर्नु हुन्न भने खारेज गर्नुस् ।’

भाजपा नेतृत्वको सरकारले देशका मूख्य र अत्यावश्यक विषयलाई छोडेर अन्य कुरामा ध्यान केन्द्रित गरेको आरोप उनले लगाएकी छन् ।

उनले भनिन्, ‘प्याजको मूल्य दुई सय पुग्यो।।बेरोजगारी बढीरहेको छ, उद्योग बन्द भइरहेका छन्, भारुको मूल्य घटिरहेको छ।। तर सरकार यी सबै विषयलाई ओझेलमा पार्न नयाँ कानून लिएर आएको छ । यो कानूनको विरोध गर्ने जतिलाई उसले देशद्रोही भनिरहेको छ ।’

भारत स्वतन्त्र हुँदा भाजपा नरहेको भन्दै पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीले भनिन्, ‘भारत स्वतन्त्र हुँदा अस्तित्वमा नरहेकाहरुले कसरी तय गर्न सक्छन् कि यो देशका नागरिक कोरको हुन् भनेर रु’

उनले भाजपामाथि प्रहार गर्दै भनिन्, ‘तपाईँहरु स्वतन्त्रता आन्दोलनमा हुनुहुन्थ्यो, तपाईँको पार्टीको जन्म सन् १९८० को दशकमा भयो । तपाईँहरु गान्धी, नेहरु, पटेल, आजाद, भगत सिंह, सुभाष चन्द्र बोसको साथमा हुनुहुन्थ्यो । तपाईँहरु पाँच वर्ष सत्तामा रहेपछि यो तय गर्नु हुन्छ कि यो देशको नागरिक को रहने छ र को नागरिक होइन‘?’