१३ बैशाख २०८१, बिहीबार

लाखौँ गोर्खालाई बेघर बनाएको ममता बेनर्जीको दाबी

mamata 1

पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बेनर्जीले बुधबार नागरिकता संशोधन विधेयक ९सीएए० र प्रस्तावित नेसनल रजिस्टर अफ सिटिजनसिप ९एनआरसी० को विरोधमा दार्जिलिङमा विरोध र्‍यालीको नेतृत्व गरिन् ।
उक्त विरोध र्‍याली दार्जलिङको घुमाउरो सडकमा झण्डै ४ किमि लामो देखिएको थियो । ममताले र्‍यालीको अन्त्यमा सम्बोधन पनि गरिन् ।

सम्बोधनमा बेनर्जीले नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर केन्द्रीय गृहमन्त्री अमित शाहले स्पष्टिकरण दिनुपर्ने भन्दै यो विषयमा दिल्ली सरकारले झुट मात्र बोलिरहेको बताइन् ।
ममताले सीएए भाजपा शासन नभएको राज्यमा मात्र लागू गर्ने षडयन्त्र भइरहेको आरोप लगाइन् ।

उनले सीएए, एनपीआर र एनआरसीलाई पश्चिम बङ्गालमा लागू गर्न नदिने वाचा पुन दोहोर्‍याइन् । नेसनल पपुलेसन रजिस्टर ९एनपीआर० विषयमा भएको वैठकमा आफ्नो राज्यले मात्र सहभागी नजनाएको पनि दाबी पेस गरिन् ।

‘असममा लागू भएको एनआरसीका कारण लाखौँ गोर्खा बेघर भए । तर जबसम्म म हुनेछु, एनआरसी दार्जिलिङमा लागू गर्न दिँदैनौँ,’ चोकबजार क्षेत्रमा भएको र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ममताले भनिन् ।
सम्बोधन भारतका केन्द्रीय गृहमन्त्री अमित शाहको आलोचना गरिन् । त्यस्तै ममताले अघिल्ले दिन मात्र शाहले विपक्षी दलहरू सीएएबारेमा मानिसमा भ्रम छरिरहेको भन्ने आरोपको खण्डन गरिन् ।

जति विरोध गरे पनि सीएए लागू भएरै छाड्ने, गृहमन्त्री अमित शाहले बताउने गरेका छन् ।

पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमूल कङ्ग्रेसकी प्रमुख ममता बेनर्जी सीएएविरोधी आन्दोलनको अग्रमोर्चामा छन् । अघिल्लो डिसेम्बरमा सीएए कानुनको विषयले राजनीतिक गर्मी बढाएपछि विभिन्न राज्यमा विरोध भइरहेको छ । एजेन्सी