१४ बैशाख २०८१, शुक्रबार

भ्वाइस अफ नेपालको कोच फेरिए, आस्थाको ठाउँमा तिर्सनाको प्रवेश

138832456 3754060841281495 2633837367590886795 o

नेपालकै कै नम्बर १ मानिएको गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ को कोच परिवर्तन गरिएको छ । कोच आस्था राउतको ठाउँमा गायिका तिर्सना गुरुङलाई कोचको रुपमा अनुवन्धित गरिएको हो ।

डिजिटल अडिसन चलिरहेको भ्वाइस अफ नेपालले कोच परिवर्तन गर्दै आस्थाले नभ्याएको कारण तृष्णालाई कोचमा अनुबन्धित गरिएको बताएको छ । आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरि कोच परिवर्तन गरिएको आयोजकले बताएको हो ।

गायिका आस्था राउतले मेरो फिल्मसँग कुराकानी गर्दै आफु र भ्वाइस अफ नेपालको सहमतिमा नै कार्यक्रम छोडेको बताएकी छन्। उनले भनिन्,‘आफ्नो कामको चापले गर्दा भ्वाइसलाई समय दिन नक्ने अवस्था आएर नै मैले छोडेको हो । अर्को सिजनमा भने आउन सक्छु।’
आफ्नो ठाउँमा तृष्णा आएकोमा खुसी लागेको पनि आस्थाले बताईन।‘ आफ्नो साथी नै कोचका रुपमा देख्न आउँदा खुसी नहुने कुरै भएन। तृष्णा र म एउटै कजेलको विद्यार्थी र एउटै क्षेत्रको मान्छे भएकाले अझ खुसी रहेको छु,आस्थाले भनिन्।

आयोजकका अनुसार एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने छ। रियालिटी शो को सुरुवात देखि केहि कोच फेरिदै आएका छन्। सुरुमा अभया सुब्वा , सनुप पौडेल रहेका थिए भने उनीहरुको ठाउँमा आस्था राउत र राजु लामालाई भित्राइएको थियो। कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल भने परिवर्तन भएका छैनन्। यो रियालिटी शोमा राजु लामा पनि यथावत् नै छन् । यस कार्यक्रमको मार्केटिङ ‘एस मिडीया एण्ड मार्केटिङ’ले गर्ने सम्झौता भएको छ । यस मिडियाले अघिल्लो सिजनको भ्वाईस र ‘डान्सिङ विथ स्टार’को पनि मार्केटीङ गरेको थियो।