१३ बैशाख २०८१, बिहीबार

बाघको छाला सहित एक पक्राउ

tiger skin
सांकेतिक तस्विर

प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मनमैजुबाट एक जना समातिएका छन । लमजुङ दुधपोखरी घर भई हाल काठमाडौं, तारकेश्वर नगरपालिका वडा न ९ मनमैजु बस्ने बृसराज घलेको कोठाबाट प्रतिबन्धित छाला फेला पारेको हो ।

tigerskin arrested

प्रतिबन्धित दुर्लभ बाघको छाला अन्दाजी ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाईको रहेको छ । उनलाई छाला सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार,काठमाडौं पठाएको छ ।