७ बैशाख २०८१, शुक्रबार

बुहारी मार्न खोज्ने ससुरा सात वर्षपछि पक्राउ

jailed

बाँकेमा दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै बुहारी मार्न खोज्ने ससुरा सात वर्षपछि आज पक्राउ परेका छन् ।

जिल्लाको नरैनापुर गाउँपालिका–२ की २३ वर्षीया बुहारी रिहाना ढपालीलाई दाइजोको निहुँमा आगो लगाउने ७५ वर्षीय ससुरा हनिफ शेष ढपाली सात वर्षपछि पक्राउ परेका हुन् ।

हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।

उक्त घटनापछि लामो समयसम्म फरार रहेका उनीहरू नरैनापुर–१ सुइयास्थित एक घरमा रहेको सूचनाका आधारमा ससुरालाई पक्राउ गर्न प्रहरी सफल भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

घटनामा संलग्न रिहानाका श्रीमान् र सासू भने फरार रहेका छन् ।