१३ बैशाख २०८१, बिहीबार

भुटानी शरणार्थी शिविरको आगलागीमा परी ६० वर्षीयको मृत्यु

fire in house
सांकेतिक तस्विर

बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–३ मा रहेको शिविरको आगलागीमा परी ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो ।

प्यारालाइसिसका बिरामी राई बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका थिए । उनको जलेर घटनास्थलमानै निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीबाट एक तोला सुन, १० तोला चाँदी, नगद तीन लाख रुपैयाँ, लत्ताकपडा, भाँडा र लत्ताकपडा जलेर नष्ट भएको बताईएको छ । दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।