६ पुष २०८२, आईतवार

सुरक्षा कारबाहीमा २३ आतङ्ककारी मारिए

atack taliban

अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ तालिाबान लडाकू मारिएका सैनिक स्रोतले सोमबार बिहान जानकारी दिएको छ ।

यस कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका पनि उक्त स्रोतले जनाएको छ । उरुज्गान प्रान्तमा ११ आतङ्ककारी मारिनुको साथै अन्य आठ घाइते भएका छन् भने छिमेकमा पर्ने अर्को प्रान्त कान्दाहारमा १३ आतङ्ककारी मारिनुको साथै अन्य पाँच घाइते भएका पनि सो स्रातले थप जानकारी दिएको छ ।